PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

उपत्यकामा दिउँसै चोरी गर्ने तीन जना पक्राउ, नगदसहित विभिन्न सामग्री बरामद



पहिलोपोस्ट

उपत्यकामा दिउँसै चोरी गर्ने तीन जना पक्राउ, नगदसहित विभिन्न सामग्री बरामद

काठमाडौं : उपत्यकाका विभिन्न स्थानमा दिउँसोको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
काठमाडौंको कपनमा बुद्धसिंह तामाङको घरमा चोरी गरी मोटरसाइकलमा भाग्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रे सरमथली गाविस ९ घर भई हाल बागबजार बस्ने २८ वर्षीय बाङदेन तामाङ, सोही स्थान बस्ने २३ वर्षीय सुमन तामाङ छन्। उनीहरुले चोरी गरेको धनमाला खरिद गर्ने भारत घर भई बागबजारमा सुन पसल गर्दै आएका ३६ वर्षिय पंकजकुमार दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
 
उनीहरुको साथबाट प्रहरीले २ थान ल्यापटप, विभिन्न कम्पनीका क्यामेरा ५ थान, नेपाली रुपैयाँ ४ हजार, टिभी एक थान लगायतका सामान बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell