PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​आइपुगिन् नयाँ चिनियाँ राजदूत



पहिलोपोस्ट

​आइपुगिन् नयाँ चिनियाँ राजदूत

काठमाडौँ : नेपालका लागि नयाँ चिनियाँ राजदूत नेपाल आइपुगेकी छिन्। वु चुन्ताई कार्यकाल पुरा गरेर फर्किएपछि चीनले यु होङ लाई नयाँ राजदूतको रुपमा नेपाल पठाएको हो।

यसअघि इन्डोनेसियाको सुरबयामा महावाणिज्य दूतको रुपमा रहेको होङ आर्थिक कुटनीतिकी विज्ञ मानिन्छिन्।

चुन्ताईले लामो समय चिनियाँ विदेश मन्त्रालयमा काम गरेकी छिन्। ५१ वर्षिय होङले चिनियाँ विदेश मन्त्रालयमा एसिया डिभिजनमा समेत काम गरेकी छिन्।

उनले यसअघि नर्वे र साउथ अफ्रिकामा समेत काम गरिसकेकी छिन्। उनी नेपाल आउने २० औँ चिनियाँ राजदूत हुन्।  


फोटो : पत्रकार सविन धमलाको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell