PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चलचित्र विकास बोर्ड अध्यक्ष राईले दिए फिल्म सफल हुने सूत्र



पहिलोपोस्ट

चलचित्र विकास बोर्ड अध्यक्ष राईले दिए फिल्म सफल हुने सूत्र

काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नयाँपन दिन सके फिल्म हिट हुने बताए। 'पुरानो डुङ्गा' फिल्मको गीत रिलिज कार्यक्रममा बोल्दै उनले भने,'फिल्म बनाउनेहरुले नयाँ विषय उठाउ सके, केही खोजमूलक दिन सके बल्ल फिल्म सफल हुन्छ।' 

केही अघि औपचारिक कार्यक्रममा 'फिल्ममा नयाँपन दिने नाममा अराजकता बढ्दैछ। मौलिकता मर्न दिनु हुँदैन' भन्दै मन्तव्य दिएका थिए। आज उनले फिल्म क्षेत्रमा नयाँ सुरुवात गरेको भन्दै निश्चल बस्नेत, रामबाबु गुरुङ लगायतलाई धन्यवाद दिए। 

अध्यक्ष राईले फिल्म सन्देशमुखी मात्र नबनाउन पनि आग्रह गरे। उनले भने, 'समाज चित्रण गर्ने नाममा फिल्म इन्टरटेनमेन्ट पनि हो भन्ने कुरा भुल्न हुँदैन।' 

नयाँ शैलि र प्रस्तुति दिने फिल्महरु सन्देशमूलक हुने र मनोरञ्जन पनि दिने उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell