PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

'तत्काल राजीनामा दिए पनि महाभियोग छानबिनबाट बच्ने छैनन् लोकमान'



रमेश वाग्ले

'तत्काल राजीनामा दिए पनि महाभियोग छानबिनबाट बच्ने छैनन् लोकमान'

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्माि दर्ता भएको महाअभियोग प्रस्तावमा छलफल सुरु भइसकेको छ।  धेरैलाई लागेको छ लोकमानले पदबाट राजीनामा दिए उनी महाअभियोगबाट बच्न सक्छन्। तर महाभियोग सिफारिश समितिका सदस्य रामनारायण बिडारीका अनुसार राजिनामा दिए पनि उनी महाअभियोग छानबिनबाट मुक्त हुन सक्दैनन्। 

'संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ। अब उहाँले पदबाट राजीनामा दिए पनि नदिए पनि उहाँविरुद्धको छानबिन रोकिँदैन,' बिडारीले भने, 'उनले पदीय जिम्मेवारी दुरुपयोग गरेको र संविधानको मर्यादा नराखेको भनेर संसद्‍मा प्रस्ताव दर्ता भइसकेकाले छानबिन प्रक्रिया पूरा नगरीकन प्रक्रिया बीचमा रोकिँदैन।'

उनले प्रस्ताव फिर्ता भएको अवस्थामा बाहेक कुनै हालतमा महाभियोग छानबिन नरोकिने बताए। 

'उनले तत्काल राजीनामा दिए र महाभियोगका प्रस्तावकले आफ्नै विवेकले प्रस्ताव फिर्ता लिए भने महाभियोगको प्रक्रिया रोकिन्छ,' उनले भने, 'अन्य कुनै पनि अवस्थामा महाभियोगको प्रस्ताव टुंगोमा नपुगी बीचमा रोकिँदैन।'

के फरक हुन्छ राजिनामा दिएर बाहिरिँदा र महाभियोगबाट हट्दा?

बिडारीका अनुसार राजिनामा दिएर संसद्ले प्रस्ताव फिर्ता लिंदा लोकमानको अन्य स्थानमा नियुक्तिका लागि योग्यता बाँकी रहन्छ भने महाअभियोगबाट हटेमा उनी 'खोटो' हुन्छन्। 

'राजीनामाबाट बाहिरिए र संसद्मा  प्रस्तावकले माफी दिएर प्रस्ताव फिर्ता लिए भने उनी अरु

ठाउँका लागि योग्य हुन्छन्,' उनले भने, 'यदि उनी महाभियोगबाट हटे भने नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय निकायमा समेत अयोग्य ठहरिने 'खोटो' हुन्छन्।' 

उनले महाभियोग लागेर बाहिरिएमा पदबाट बाहिरिएर मात्र लोकमानले सुख नपाउने बताए। 'महाभियोग लाग्यो भने महाभियोग लागेका विषयमा उनी कार्वाहीको भागी पनि हुनुपर्छ,' उनी भन्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell