PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​रोनाल्डोलाई 'डी स्टेफानो अवार्ड', डिएगो सिमोनीले जिते 'मिगुएल मुनोज'



पहिलोपोस्ट

​रोनाल्डोलाई 'डी स्टेफानो अवार्ड', डिएगो सिमोनीले जिते 'मिगुएल मुनोज'

रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१५/१६ को उत्कृष्ट ला लिगा खेलाडी बन्दै 'अल्फ्रेडो डी स्टेफानो अवार्ड' प्राप्त गरेका छन्।

गत सिजन रियल ला लिगामा च्यामिपयन बन्न नसकेपछि रोनाल्डोले ३५ गोल गर्नुका साथै ११ असिस्ट गरेका थिए।

स्पानिस जायन्ट रियलसँग ५ वर्षको नयाँ सम्झौता नवीकरण गरेकै दिन रोनाल्डोले डी स्टेफानो अवार्ड पाएका हुन्। सन् २०२१ सम्म बर्नावेउमै रहेने सम्झौता गरेका रोनाल्डोले प्रतिसाता ३ लाख ६५ हजार युरो पाउनेछन्।

रोनाल्डोले यो अवार्ड जितेको यो चौथो पटक हो। बार्सिलोनाका लियोनल मेसीले पनि यो अवार्ड चार पटक जितिसकेका छन्। सन् २००८ देखि प्रदान गर्न सुरु गरिएको यस अवार्ड पहिलो पटक रियलमै छँदा स्पेनका राउलले जितेका थिए।

अवार्ड पाएसँगै रोनाल्डोले आफ्नो लागि स्पेशल डे भएको बताए। 'सम्झौता नवीकरण र अवार्ड। अब मैले के नै माग्न सक्छु?' उनले भने, 'म एकदमै खुसी छु। यस अवार्डले आगामी वर्षहरुमा अझै राम्रो गरिरहन उत्प्रेरित गर्छ।'

रोनाल्डोले अवार्ड पाएकै दिन उनका रियल सहकर्मी अल्भारो मोराटोले २०१५/१६ का लागि स्पेनसिन राष्ट्रिय टीमका उत्कृष्ट खेलाडीको अवार्ड पाए।

यस्तै गत सिजन सर्वाधिक ४० गोल गर्दै बार्सिलोनालाई ला लिगा उपाधि दिलाउन सहयोग गरेका लुइस सुवारेजलाई 'पिचिची अवार्ड' प्रदान गरियो। 

सन् २००९ यता रोनाल्डो र मेसीले जित्दै आएको यस अवार्डमा उनीहरुको अधिपत्य तोड्दै सुवारेजले पहिलो पटक अवार्ड जितेका हुन्। पिचिची अवार्ड जित्ने सुवारेज दोस्रो उरुग्वेली खेलाडी हुन्। यसअघि २००४/५ र २००८/९ को सिजनमा डिएगो फोर्लानले दुई पटक उक्त अवार्ड जितेका थिए।

'मिगुएल मुनोज कोच अफ दि इअर'को अवार्ड एथ्लेटिको मड्रिडका डिएगो सिमोनीले प्राप्त गरे।

एथ्लेटिकोकै गोलरक्षक जोन ओबलाकले उत्कृष्ट गोलरक्षकका लागि 'जामोरो ट्रफी' पाए। गत सिजन ओबलाकले ला लिगामा सबैभन्दा कम गोल बेहोरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell