
भारतीय फिल्ममेकर रामगोपाल वर्माले अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।
उनले ३४० करोडमा 'न्युक्लियर' निर्माण गर्ने घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय फिल्म ३४० करोडमा निर्माण गर्ने उल्लेख गरेका छन्। उनले ट्वीटरमार्फत नै फिल्मको पहिलो पोस्टर समेत सार्वजनिक गरेका छन्।My 1st international film to be made at a cost of 340 cr is NUCLEAR..For details https://t.co/x5K9CqSFMN #RGVNUCLEAR pic.twitter.com/5WgQB3tGen
— Ram Gopal Varma (@RGVzoomin) November 7, 2016
अमेरिका, रसिया, चीन, यमन र भारतमा सुट गरिने फिल्ममा अमेरिकन, रसियन, चाइनिज र भारतीय कलाकार रहने बताइएको छ।Nuclear to be shot in America,China,Russia,Yemen nd india with American,Chinese,Russian nd Indian actors #RGVNUCLEAR pic.twitter.com/0wiU8MuIeQ
— Ram Gopal Varma (@RGVzoomin) November 7, 2016
वर्माको यस प्रोजेक्टलाई सिएमए ग्लोबलले निर्माण गर्नेछ।
वर्माले सिएमए ग्लोबलसँग १५ फिल्म निर्माण गर्नका लागि 'टाई अप' गरेको समेत बताएका छन्। वर्मा अहिले अमिताभ बच्चन अभिनित फिल्म 'सरकार ३' को सुटमा व्यस्त रहेका छन्।