PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

३४० करोडमा बन्दैछ अन्तर्राष्ट्रिय फिल्म, यस्तो छ ​रामगोपाल वर्माको महत्वाकांक्षी योजना



पहिलोपोस्ट

३४० करोडमा बन्दैछ अन्तर्राष्ट्रिय फिल्म, यस्तो छ ​रामगोपाल वर्माको महत्वाकांक्षी योजना

भारतीय फिल्ममेकर रामगोपाल वर्माले अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। 
उनले ३४० करोडमा 'न्युक्लियर' निर्माण गर्ने घोषणा गरेका हुन्।
 

सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय फिल्म ३४० करोडमा निर्माण गर्ने उल्लेख गरेका छन्। उनले ट्वीटरमार्फत नै फिल्मको पहिलो पोस्टर समेत सार्वजनिक गरेका छन्।
​अमेरिका, रसिया, चीन, यमन र भारतमा सुट गरिने फिल्ममा अमेरिकन, रसियन, चाइनिज र भारतीय कलाकार रहने बताइएको छ।
वर्माको यस प्रोजेक्टलाई सिएमए ग्लोबलले निर्माण गर्नेछ।

​वर्माले सिएमए ग्लोबलसँग १५ फिल्म निर्माण गर्नका लागि 'टाई अप' गरेको समेत बताएका छन्। वर्मा अहिले अमिताभ बच्चन अभिनित फिल्म 'सरकार ३' को सुटमा व्यस्त रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell