PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बबरमहलमा गुडिरहेको बसको ढोकाबाट सहचालक खसे, अवस्था गम्भीर



पहिलोपोस्ट

काठमाडौं :  काठमाडौंको बबरमहलमा आज बिहान बसको ढोकाबाट खस्दा सहचालक गम्भीर घाइते भएका छन्।
 
माइतीघरबाट बानेश्वरतर्फ गइरहेको ना २ ख ५८९३ नम्बरको बसको ढोकाबाट खस्दा सोही बसका सहचालक ओखलढुंगा घर भई हाल काठमाडौंको मुलपानी बस्ने २२ वर्षीय दीपक क्षेत्री गम्भीर घाइते भएका हुन्। उनको सिभिल अस्पतालमा उपचार भई थप उपचारको लागि ट्रमा सेन्टर लगिएको छ।

सवारी साधन र चालक प्रहरी वृत्त सिंहदरवारको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell