PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

तामाकोसी आयोजनाको शेयर जनयुद्धका सहिद र बेपत्ता परिवारलाई दिइने : प्रधानमन्त्री



पहिलोपोस्ट

तामाकोसी आयोजनाको शेयर जनयुद्धका सहिद र बेपत्ता परिवारलाई दिइने : प्रधानमन्त्री

दोलखा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनामा सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताएका छन्।
 
आयोजनाको निरीक्षणका लागि दोलखा आएका प्रचण्डले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद-बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताए। 'मेरो चाहना के छ भने त्यो ऋणलाई नै अति विपन्नहरुका निम्ति शेयरमा बदल्दिने। सहिद-बेपत्ताका परिवारकोमा बदल्नेबारे हामीले सोचिराखेका छौँ,' उनले भने। आयोजनाका कर्मचारी र स्थानीयलाई समेत शेयरमा बदल्ने विषयमा 'फिडब्याक' दिन उनले आग्रह गरेका छन्।
 
'११ अर्ब लगभग रकमलाई शेयरमा कन्भर्ट गरिदिने र त्यसरी शेयरमा लगेर सहिद-बेपत्ताका परिवारलाई पनि दिन सकिन्छ भनेर सोचिरहेको छु,' उनले भने।
 
भूकम्प र नाकाबन्दीका कारण ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी निर्माणमा ढिलाइ भएको छ। प्रधानमन्त्री प्रचण्डले आयोजना छिटो सक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell