PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

दिल्ली पुगेर देउवाले भेटे मोदीलाई



पहिलोपोस्ट

दिल्ली पुगेर देउवाले भेटे मोदीलाई

काठमाडौं : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेट गरेका छन्।
 
मोदीसँगको भेटमा नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

सत्तारुढ भारतीय जनता पार्टीको थिङ्कट्याङ्क इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन सभापति देउवा कात्तिक १९ गते त्यसतर्फ गएका थिए। गोवाको कार्यक्रम तिब्बतका निर्वासित आध्यात्मिक नेता दलाई लामाले उद्घाटन गर्ने कार्यक्रम थियो। तर अन्तिम समयमा त्यसलाई परिवर्तन गरी भिडियो सम्बोधन मात्र राखिएको थियो। कार्यक्रममा तिब्बतको निर्वासित सरकारका प्रमुख लोब्साङ साङ्गेले सम्बोधन गर्दै चीनले 'धार्मिक दमन' गरेको आरोप लगाएका थिए। 

उनले सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग पनि भेटघाट गरेका थिए। गोवाको कार्यक्रममा सहभागी भई उनी नयाँदिल्ली पुगेका हुन्। उनीसँग पत्नी आरजु पनि छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell