PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

'एकादेशमा' विश्वभरका ७८ फिल्म देखाइने



पहिलोपोस्ट

'एकादेशमा' विश्वभरका ७८ फिल्म देखाइने

काठमाडौं : काठमाडौंमा हुने ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’को चौथो संस्करणमा ७८ वटा लघु चलचित्र प्रदर्शन हुने भएका छन्। विश्वभरबाट ३० मिनेटभन्दा कम समयका लघु चलचित्रहरूले महोत्सवमा सहभागी हुने भएका हुन्। 

कार्तिक २६, २७ र २८ गते काठमाडौंको कुमारी सिनेमा हलमा आयोजना हुने एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा फिल्म प्रदर्शनी साथै सिनेकर्मीसँग छलफल पनि हुनेछ।
 
२०६९ बाट सुरु भएको महोत्सव पोहोर भूकम्पका कारण हुन सकेको थिएन। यो वर्षबाट पुन ‘एण्ड लाईफ गोज अन’ भन्ने नारासहित महोत्सवलाई निरन्तरता दिन लागिएको हो।

आयोजक साहारा शर्माका अनुसार यस महोत्सवको शैक्षिका महत्व पनि रहेको छ। उनले भनिन्, 'नयाँ फिल्म निर्माता, निर्देशकदेखि दर्शक मात्र नभएर फिल्म मेकिङमा रुचि भएकालाई यो फेस्टिबल निकै उपायोगी हुन सक्छ।'

महोत्सवको उद्घाटन पुजा शर्मा र विभूषण बस्नेत निर्देशित नेपाली फिल्म ‘डडिया’ को प्रिमियरबाट हुनेछ।  प्रदर्शन हुने ७८ फिल्ममध्ये उत्कृष्ट एक/एक फिल्मलाई ५ विधामा विजेता घोषणा गर्ने जानकारी पनि दिइएको छ। 

कलाकार राजेश हमाल, छिरिङरितार शेर्पा, सुर्वण थापा, सोफी बडन र युवाकर राजकर्णिकारले निर्णायकका रुपमा उत्कृष्ट फिल्महरुको छनोट गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell