PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

अमेरिकामा राष्ट्रपतीय चुनाव, ट्रम्पले भने- 'आफूले नजिते जीवनकै ठूलो समय, शक्ति र पैसाको नाश'



पहिलोपोस्ट

अमेरिकामा राष्ट्रपतीय चुनाव, ट्रम्पले भने- 'आफूले नजिते जीवनकै ठूलो समय, शक्ति र पैसाको नाश'

अमेरिकामा आज राष्ट्रपति पदका लागि चुनाव हुँदैछ। ४५औं राष्ट्रपतिको कडा प्रतिस्पर्धामा डेमोक्रयाटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अगाडि देखिएका छन्।
 
निर्वाचनकै दिन भएको र्‍यालीमा ट्रम्पले आजको दिनलाई स्वतन्त्रताको दिन भनेका छन्। 'टुडे इज आवर इन्डेपेन्डेन्स डे,' आज सबेरै र्‍यापिड मिचिगनमा भएको र्‍यालीमा ट्रम्पले घोषणा गरे।
 
ट्रम्पले न्यु ह्याम्पसपायरमा अन्तिम र्‍याली आयोजना गर्ने अपेक्षा गरिएको छ। ट्रम्पले राइभल हिलारीको जस्तो आफूलाई जे जेड, वियोन्से लेडी गागा जस्ता सुपरस्टारको सपोर्ट नचाहिने बताए। 'हामीलाई चाहिने भनेको अमेरिकालाई ग्रेट बनाउने ग्रेट हो,' निर्वाचनको समय नजिकिँदै गर्दा ट्रम्पले आफ्ना अमर्थकहरुलाई अन्तिम सन्देश दिँदै भनेका छन्, 'वि ह्याभ टु विन।'
 
मिचिगनमा भेला भएका जनतासामु उनले भनेका छन्, 'यदि हामीले जितेनौं भने, यो मेरो जीवनको एउटै मात्र सबैभन्दा ठूलो समय, शक्ति र पैसाको नाश हुनेछ।'
 
र्‍यालीको अन्त्यमा उनले आफ्नो 'न्यु एड्भेन्चर'ले अमेरिकालाई फेरि 'ग्रेट अमेरिका' बनाउने दाबी पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell