PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

बिलेनियर क्लबमा परेको ब्राण्ड 'कोक जिरो' नेपालमा, बिक्री शुभारम्भमा देखिए सेलिब्रिटी



पहिलोपोस्ट

बिलेनियर क्लबमा परेको ब्राण्ड 'कोक जिरो' नेपालमा, बिक्री शुभारम्भमा देखिए सेलिब्रिटी

काठमाडौं : बहुराष्ट्रिय कम्पनी कोकाकोलाले चिनी नभएको 'कोक जिरो' नेपाली बजारमा ल्याएको छ। 

कोकाकोला इन्डिया तथा दक्षिण एसियाका अध्यक्ष वेङ्कटेश किनी, कोकाकोला कम्पनी बोटलिङ इन्भेस्टमेन्ट समूहका क्षेत्रीय निर्देशक टी कृष्णकुमार, नायिका प्रियंका कार्की, गायिका इन्दिरा जोशी र गायक सविन रार्इले संयुक्त रुपमा कोक जिरो बिक्री शुभारम्भ गरे।

कम्पनीका अनुसार कोक जिरो नेपालका १५ वटा मुख्य सहर र विभिन्न पसलहरुमा पाइनेछ। विश्वका १ सय ५० मुलुकमा बिक्री भइरहेको यो कोक सबैभन्दा छिटो बिलेनियर क्लबमा प्रवेश गर्ने ब्राण्डमा पर्छ। 

कम्पनीका क्षेत्रिय निर्देशक कृष्णकुमारले कोकाकोलाका लागि नेपाल महत्वपूर्ण बजार रहेको बताउँदै आक्रामक बजार विस्तारका लागि थप लगानी गरिरहेको बताए। उनका अनुसार कम्पनीले नेपालमा तीनदेखि पाँच वर्षको योजना बनाएर लगानी अगाडि बढाएको छ।

'कम्पनीले तीन अर्ब रुपैयाँ लगानी गरिसकेको छ। अब हामी एक अर्ब लगानी गरेर बजार अझै विस्तार गर्दैछौ,' उनले भने। कम्पनीका नेपालमा दुर्इ ठाउँमा प्लान्ट छन्। काठमाडौंमा बोटलर्स नेपाल र चितवनमा बोटलर्स तरार्इ गरी दुर्इ प्लान्ट छन्। कम्पनीले चितवनमा जुस उत्पादनका लागि प्लान्ट तयार गरिसकेको छ।

कोकाकोला इन्डियाका अध्यक्ष बैंङ्कटेशले ग्राहकहरुको छनौटका आधारमा पोर्टफोलियो थप हुनु निकै महत्वपूर्ण रहेको बताए। कम्पनीले पाँच सय मिलिलिटरको पेट बोटलको ६५ रुपैयाँ, तीन सय मिलिलिटरको क्यानको ७५ रुपैयाँ र १ सय ८० मिलिलिटरको क्यानको ४५ रुपैयाँ मूल्य तोकेको छ। यो कोक रातो, खरानी र कालो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell