एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ।
मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको खेलको पहिलो हाफको समाप्तीमा नेपालले ब्रुनाई विरुद्ध १ गोलको अग्रता लिएको छ।
नेपालको लागि पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका हुन्। हेमन गुरुङले डि एरिया बाहिरबाट प्रहार गरेको बल ब्रुनाईका खेलाडीले क्लियर गर्न नसकेपछि नवयुगले गोल गरेका हुन्।
ब्रुनाईलाई पराजित गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ भने बराबरी गरे समूहको उपविजेता बन्नेछ।
३ टोली मात्र रहेको समूह ए को पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो।
ब्रुनाईले भने पहिलो खेलमा लेस्टेलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।