PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​भरत खवासले गरे गोल, नेपाल २-० ब्रुनाई



पहिलोपोस्ट

​भरत खवासले गरे गोल, नेपाल २-० ब्रुनाई

एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ।

मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको खेलमा नेपालले ब्रनाई विरुद्ह २ गोलको अग्रता लिएको छ।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा गोल थपेको हो।

नेपालको लागि भरत खवासले दोस्रो गोल गरेका हुन्। विमल घर्ती मगरले प्रहार गरेको कर्नरमा खवासले गोल गरेका हुन्।

यसअघि पहिलो हाफको इन्जुरी टाइममा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell