PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​सोलिडारिटी कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश, ब्रुनाई ३-० ले पराजित



पहिलोपोस्ट

​सोलिडारिटी कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश, ब्रुनाई ३-० ले पराजित

काठमाडौँ : नेपाल समूह ए को विजेता बन्दै मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको समूहको अन्तिम खेलमा नेपालले ब्रुनाईलाई ३-० ले पराजित गर्‌यो। 

समूह चरणको पहिलो खेलमा टिमोर लेस्टे विरुद्ध गोल गर्न नसकेको नेपालले ब्रुनाई विरुद्ध ३ गोल गर्दै १० वर्षअघि भोगेको पराजयको बदला समेत लिएको छ।

सन् २००६ को एएफसी च्यालेन्ज कपमा नेपाल ब्रुनाईसँग २-१ ले पराजित भएको थियो।

नेपाललाई शानदार जित दिलाउन नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले गोल गरे। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो।

पहिलो हाफको इन्जुरी टाइममा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

नेपालको लागि भरत खवासले ७२ औं मिनेटमा दोस्रो गोल गरे। विमल घर्ती मगरले प्रहार गरेको कर्नरमा खवासले गोल गरेका हुन्। 

तेस्रो गोल विमलले गरे। ८० औं मिनेटमा विमललाई ब्रुनाईका खेलाडीले डि एरियाभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा विमल स्वयमले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाएका हुन्।

त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि नेपाल ३-० ले विजयी भयो।

ब्रुनाईलाई पराजित गरेसँगै २ खेलबाट ४ अंक जोडेको नेपाल समूह ए को विजेता बनेको छ। नेपालले पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

पहिलो खेलमा लेस्टेलाई ४-० ले हराउँदै यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको ब्रुनाई समूह ए को उपविजेता बन्यो।

समूह ए को विजेता बनेको नेपालले सेमिफाइनलमा लाओस वा मंगोलियासँग खेल्ने सम्भावना बढी छ।

समूह बी मा २ खेल जितेको मकाउ ६ अंक जोड्दै यसअघि नै सेमिफाइनल पुगिसकेको छ भने समान १ खेल जितेको मकाउ र मंगोलियामध्ये एक टीम सेमिफाइनलमा प्रवेश गर्नेछन्। दुई खेल हारिसकेको श्रीलंका भने एक खेल खेल्नुअघि नै समूह चरणबाट बाहिरिसकेको छ।

समूह बी को अब हुने खेलमा मकाउ र श्रीलंका तथा लाओस र मंगोलिया भिड्नेछन्।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell