PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर र भारतको भ्रमणमा जाँदै



पहिलोपोस्ट

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर र भारतको भ्रमणमा जाँदै

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो सिंगापुर प्रस्थान गर्ने भएका छन्।
 
दुई साता सिंगापुर बसेर उनी त्यतैबाट भारत जाने कार्यक्रम तय भएको छ। पूर्वराजा शाहका सहयोगी फडिन्द्र पाठकले आज मध्याह्न सिंगापुर जाने तयारी भएको जानकारी दिए। सिंगापुर भ्रमणको उद्देश्यबारे भने उनले खुलाउन चाहेनन्। उनी सिंगापुर जानु केही दिनअघि नै बुहारी हिमानी सिंगापुर पुगिसकेकी छिन्।
 
नेपालको राजनीतिक घटनाक्रमप्रति असन्तुष्ट बनेका शाहले पछिल्लो समय काठमाडौंमा भएको अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनमा सार्वजनिक सम्बोधन गरेका थिए। विजयादशमीमा दिइएको शुभकामना सन्देशमा पनि उनको असन्तुष्टि पोखिएको थियो। वितेका एक दशकमा शान्ति, समुद्धि, सुरक्षा, स्थायित्व, विकास र रोजगारी प्राप्त भयो त? भन्दै उनले राजनीतिक दलप्रति संकेत गर्दै गम्भीर प्रश्नहरु राखेका थिए।
 
भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य नभएको, घरपरिवार छाडेर पराई भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवा मुक्त नभएको तथा अपराध र अपराधीकरणलाई निरुत्साहित नगरिएकोमा उनले चिन्ता व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell