PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

विद्यार्थी बोकेको बस पल्टियो, ८ जना घाइते



पहिलोपोस्ट

कञ्चनपुर : विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
 
म१ख ६०७ नम्बरको चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको बस बेलौरी राजमार्गमा पर्ने दुलैना नजिकको चितौरा खोलानजिक  दुर्घटना भएको थियो।
 
घाइते हुनेमा ७ विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए। घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ।
 
टिप्परले नाघेर जान खोज्दा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। टिप्परलाई अस्थायी प्रहरी चौकी बन्साहाले नियन्त्रणमा लिएको छ। चालक भने दुर्घटनापछि फरार छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell