PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

गणेशमानको आदर्श पछ्याउँदै एकताबद्ध हुन राष्ट्रपतिको आग्रह



पहिलोपोस्ट

गणेशमानको आदर्श पछ्याउँदै एकताबद्ध हुन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शलाई सबैले पछ्याउनुपर्ने बताएकी छिन्।
 
लौहपुरुषले पनि चिनिने सिंहको १०१औं जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले राजानीमा गरेको कार्यक्रममा बोल्दै लोकतन्त्रको स्थापनाका लागि पुर्‍याएको योगदानको चर्चा गरिन्।

'जनआन्दोलनदेखि नेपाली राजनीति सहकार्यको व्यावहारिक थालनी गर्न अग्रसर रह्यो। यो गणेशमानको भूमिकाले सम्भव भएको हो,' राष्ट्रपति भण्डारीले भनिन्। राणाशासन विरुद्ध विद्रोहको उद्घोष गर्दै सिंहले लोकतन्त्रका निमित्त राजनीतिक शक्तिहरुलाई एकताबद्ध गर्न योगदान पुर्‍याएको उनले बताइन्।

'यही अवसरमा संविधान कार्यान्वयनको माध्यमबाट लोकतन्त्र र राष्ट्रियताको जगमा सामाजिक–आर्थिक विकासको अभियानमा जुट्न सबैलाई आग्रह गर्दछु,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell