PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

गारेथ बेल छैटौंपल्ट वेल्स 'प्लेअर अफ दि इअर'



पहिलोपोस्ट

गारेथ बेल छैटौंपल्ट वेल्स 'प्लेअर अफ दि इअर'

रियल मड्रिड स्टार गारेथ वेल्स छैटौं पटक वेल्स 'प्लेअर अफ दि इअर' घोषित भएका छन्। २७ वर्षे वेल्स लगातार चौथो पटक वेल्सको उत्कृष्ट फुटबलर बनेका हुन्।

फ्रान्समा सम्पन्न युरोकपमा वेल्सलाई पहिलो पटक सेमिफाइनलसम्म पुर्‌याउन योगदान गरेका बेल इंगलिस क्लब टोटनहम हट्सपरमा छँदा पहिलो पटक वेल्सको उत्कृष्ट खेलाडी बनेका थिए। 

टोटनहमबाट खेल्ने क्रममा बेल २०१० र २०११ मा लगातार उत्कृष्ट खेलाडी बनेका थिए। तर २०१२ मा भने जोए एलेनले उत्कृष्ट खेलाडीको अवार्ड जिते। त्यसपछि लगातार ४ वर्ष बेलले उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्।

यस्तै लिभरपुलका पूर्व खेलाडी जोए एलेनले 'प्लेयर्स' एण्ड 'फ्यान्स प्लेअर अफ दि इअर अवार्ड' हात पारेका छन्।

एक्सटरका १६ वर्षे एथान अम्पाडुले 'योङ प्लेअर अफ दि इअर' घोषित भएका छन्। 

यस्तै युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका आरोन राम्से, हल रोब्सन कानु, बेल डेभिसलाई पनि विभिन्न अवार्ड प्रदान गरिएको छ।
'मिडिया च्वाइस अवार्ड' भने रिडिङका क्रिस गुन्टरले हात पारेका छन्।

नाताशा हार्डिङ 'वुमन्स प्लेअर अफ दि इअर' घोषित भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell