PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

रामचन्द्र पौडेलले कड्किँदै भने- 'देउवाबाट अब कांग्रेस चल्न सक्दैन'



पहिलोपोस्ट

रामचन्द्र पौडेलले कड्किँदै भने- 'देउवाबाट अब कांग्रेस चल्न सक्दैन'

बनेपा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन्।
 
नेपाली कांग्रेस बनेपा नगर समितिले आज आयोजना गरेको कांग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले कांग्रेसकै सल्लाह बिना काम गर्ने? भन्दै प्रश्न गरे।
 
'सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपर्थ्यो,' उनले भने, 'तर नेतृत्वले ध्यान दिन सकेन।'
 
नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेता पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको बताए। 'म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,' उहाँले पार्टी नेतृत्वको आलोचना गर्दै भने।
 
नेपाली कांग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेस चल्न नसक्ने आरोप पनि लगाए। 'पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन,' उनको भनाइ थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell