PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

टाउको झोलामा ल्याउनेलाई ५० लाख दिन्छु भन्नेले गाली गर्दा पनि माया गरेझैं लाग्छ : प्रचण्ड



पहिलोपोस्ट

टाउको झोलामा ल्याउनेलाई ५० लाख दिन्छु भन्नेले गाली गर्दा पनि माया गरेझैं लाग्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडियामा आफूहरुमाथि आक्रमण भएको बताएका छन्।
 
फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा गाली गरेको, टाउको काट्ने काम गरेको र लास झुन्ड्याउने काम गरिएको भन्दै उनले चिन्ता व्यक्त गरे। राजधानीको राष्ट्रिय नाचघरमा अनेरास्ववियु क्रान्तिकारीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्ध सुरु गर्दा हमला गर्ने शक्तिले नै अहिले घेराबन्दीमा पारेको आरोप लगाए।
 
'त्यतिबेला हाम्रो टाउकाको मूल्य तोक्ने यिनै होइनन् त?' उनले उपस्थित दर्शकदीर्घातिर नियाल्दै भने, 'तपाईं युवा विद्यार्थी आत्तिन पनि सक्नुहुन्छ। तर हाम्रो टाउको झोलामा ल्याए ५० लाख दिन्छु भन्नेहरुले अहिले गाली मात्र गरेको देख्दा माया गरेको जस्तो लाग्छ।'
 
४० वर्षदेखि आफूहरु निरन्तर बाहिरिया प्रतिक्रियवादीको आक्रमणमा परिरहेको भन्दै उनले त्यसको प्रतिरोध पनि गर्दै आएको बताए। 'यो आक्रमण निरन्तर आक्रमणको अर्को रुप हो। मैले प्रधानमन्त्रीको रुपमा बोल्दा पनि सुख छैन, अध्यक्षको रुपमा बोल्दा पनि सुख छैन,' उनले भने।
 
माओवादीको पहिचानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको भन्दै उनले आन्दोलनको प्रतिरक्षामा निरन्तर संघर्ष गर्न आग्रह पनि गरे। 'सरकार र पार्टीको सन्दर्भमा पनि हाम्रो आशा तपाईंहरुमाथि छ,' युवा विद्यार्थीलाई लक्षित गर्दै उने भने, 'तपाईंहरुले बुझ्नुभएन भने देश र माओवादी आन्दोलन दुर्घटनामा पर्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell