PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

बिजमाण्डूको सम्पादकमा विज्ञान अधिकारी नियुक्त, सरोज काफ्ले सल्लाहकार सम्पादक



पहिलोपोस्ट

बिजमाण्डूको सम्पादकमा विज्ञान अधिकारी नियुक्त, सरोज काफ्ले सल्लाहकार सम्पादक

काठमाडौं : बिजमाण्डू प्रालिअन्तर्गतको बिजमाण्डू डटकमको सम्पादकमा विज्ञान अधिकारी नियुक्त भएका छन्।
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष अधिकारीलाई कम्पनीको सञ्चालक समितिले मंगलबार सम्पादकमा नियुक्त गरेको हो।
 
डेढ वर्षअघि एसोसिएट एडिटरका रुपमा बिजमाण्डूसँग जोडिएका उनले हिमालय टाइम्स दैनिकबाट आर्थिक पत्रकारिता सुरु गरेका हुन्। 
 
स्थापनादेखि नागरिक दैनिकको आर्थिक ब्युरोमा आबद्ध अधिकारी त्यसअघि नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा पनि उनले आर्थिक पत्रकारिताको अनुभव बटुलेका छन्। 
 
सम्पादक सरोज काफ्ले अध्ययनका क्रममा मुलुकबाहिर रहेका कारण रिक्त स्थानमा अधिकारीलाई नियुक्त गरिएको हो। काफ्ले सल्लाहकार सम्पादकका रुपमा बिजमाण्डूसँग आबद्ध रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell