PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

महाभियोग प्रस्तावमाथि छलफल हुने आजको संसद बैठक किन भयो स्थगित?



पहिलोपोस्ट

महाभियोग प्रस्तावमाथि छलफल हुने आजको संसद बैठक किन भयो स्थगित?

काठमाडौं :  तिहार र छठको बिदापछि आजदेखि सुरु हुने भनिएको व्यवस्थापिका–संसद्को बैठक स्थगित गरिएको छ।
 
बिहीबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ। सचिवालयले सूचना प्रकाशित गरी कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरिएको सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गराएका थिए।
 
बैठक भोलि ११ बजे बस्नेछ। भोलिको बैठकमा महाभियोग प्रस्तावमा छलफलका साथै राष्ट्रिय महिला आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell