नयाँदिल्ली : मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने अभियानको क्रममा ५०० र १००० भारु नोटमा प्रतिबन्ध घोषणा गरेपछि जनस्तरमा अनेक प्रतिक्रिया आइरहेका छन्।
बिषय गम्भीर भए पनि यसलाई धेरैले हाँस्ने मसला मसेत बनाएका छन्। मोदी फैसलापछि प्रतिक्रियास्वरुप भारतमा देखिएका १० साइड इफेक्ट :
१) एक युवा : आउने २००० नोटमा नानो सिम लगाइएको छ। अब उक्त नोट जहाँ लगे पनि स्याटलाइटको माध्यमबाट सरकारले हेर्न सक्नेछ। जमिनको १२० फिट गहिराइसम्म राखेको नोटको समेत स्याटलाइटले सिग्नले देखाउनेछ।
उसको साथी : मोबाइल नेटवर्कले कामै दिँदैन। नोटबाट सिग्नल आइदियो भने त झन् मजा नि!
२) घरमा काम गर्ने महिला : यी लिनुस् नगद, जुन तपाईंले ६ महिनाको तलब भनेर दिनुभएको थियो। अब यो सबै ब्ल्याक भइसक्यो, ह्वाइट बनाएर मेरो 'प्रधानमन्त्री जनधन' खातामा जम्मा गरिदिनुहोला।
३) अपार्टमेन्ट बिक्रेता : यो तपाईंले दुई वर्षअघि दिनुभएको पैसा फिर्ता लिनुहोस्। मलाई काम दिएन। अनि फ्ल्याटको साँचो चैं चाँडो फिर्ता गरिदिनुहोला है।
४) पसल बाहिर पोस्टर : सामान फिर्ता गर्न नयाँ पोलिसी लागू भएको छ। कार्डमार्फत सामान खरिद गरेका ग्राहकलाई उक्त सामान मन नपरेमा पसलमा फिर्ता गरी चाहेको नोट लिएर जान सक्नुहुनेछ।
५) विज्ञापन : हाम्रो क्यासब्याक अफरबाट जति सक्दो चाँडो फाइदा उठाउनुहोस्। शर्तहरु लागू हुनेछन्।
६) पति : मोदीले टिभीमा बोलेको सुनेपछि मैले एउटा कमालको आइडिया सोचेँ। 'क्यास अन डेलिभरी'मा दुई/अढाई लाखको सामान अर्डर गरेको छु। मोबाइल हेर त कन्फर्मेसन आयो कि?
पत्नी : हजुर आइसक्यो नि। लेखेको छ, ५००-१००० को नोट नट एक्सेप्टेड।
७) चोरको सर्दार आफ्नो 'हेन्चमेन (कारिन्दा)' सँग : आइन्दा काममा जानुअघि टिभी हेर्ने गर्। तैँले लिएर आएको यो कार्डको के काम? तेरो बाउले अब कुन आधारमा नगद बैंक जम्मा गराउँछ र तैंलेचाहिँ कैले झिक्न सक्छस्?
हेन्चमेन : रगत पसिनाको कमाइ केही घण्टामै कालोधन बन्छ भनेर कसरी सोच्न सक्नु मैलेचाहिँ?
८) पसलबाहिर नयाँ बोर्ड : १०० रुपैयाँको खुद्रा माग्नेलाई १००० को १० वटा नोट दिइनेछ।
९) बहिनी : दाइ तपाईंले तिहारमा ५०१ रुपैयाँ दिनुभएको थियो। मोदीजीको कृपाले अझै पनि एक रुपैयाँ बचत छ।
१०) भिखारी : भगवानको नाममा चाहिएन। ५०० नदेऊ। १००० नदेऊ। (बिबिसी हिन्दीबाट)