PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

साढे ११ हजारमै फिंगर प्रिन्ट सेन्सर भएको कलर्सको स्मार्टफोन नेपालमा



पहिलोपोस्ट

साढे ११ हजारमै फिंगर प्रिन्ट सेन्सर भएको कलर्सको स्मार्टफोन नेपालमा

काठमाडौं : कलर्स मोबाइलले फिंगर प्रिन्ट सेन्सर भएको स्मार्टफोन बजारमा ल्याएको छ। नेपालको होम ग्रोन ब्राण्ड कलर्सले स्मार्ट पुस्तालार्इ सुहाउँदो प्राइड पी ८५ बजारमा ल्याएको हो।
 
एलइडी फ्ल्याससहितको ८ मेगापिक्सल क्यामेरा मोबाइलको पछाडि र अग्रभागमा ५ मेगापिक्सेल क्यामेरा छ। मोबाइलमा १३ जिएचडी क्वाड प्रोसेसरसहित एक जिबी र्‍याम र ३२ जिबीसम्म क्षमता बढाउन सकिने १६ जिबीको आन्तरिक मेमोरी रहेको कम्पनीले जनाएको छ। ५ इन्च एचडी आइपिएस स्क्रिन भएको स्मार्टफोनमा २५ सय एमएएच क्षमताको ब्याट्री छ।
 
कम्पनीका अनुसार यो मोबाइल सेटमा थ्रिजीले समेत साथ दिन्छ। मोबाइलमा ५ सेकेण्डमै प्रतिक्रिया जनाउने फिंगर प्रिन्ट सेन्सर बटन अद्भुत छ। कम्पनीका अनुसार छिटो डायल गर्ने, चाँडै उपलब्ध गराउने, एप लकर लगायतका सुविधा छ। यो मोबाइलको मूल्य ११ हजार ४ सय ९५ रुपैयाँ मूल्य तोकिएको छ।
 
'कडा मेहनत गरेर नेपाली मोबाइलमै पहिलो पटक फिंगर प्रिन्ट सेन्सर सहितको पर्फेक्ट स्मार्टफोन ल्याउन सफल भएका छौं,' टेलिटकका कार्यकारी निर्देशक सन्जय अग्रवालले भने। कलर्सकमा बजार प्रबन्धक राजजंग थापाले उत्कृष्ट सुविधासहितको मोबाइल बजारमा आएको बताउँदै यसले उपभोक्ताको मन जित्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell