PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विराटनगरमा २ सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालनमा



पहिलोपोस्ट

पथरी (मोरङ) : विराटनगरमा २ सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन्।
 
१७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ। बहुसङ्ख्यक क्लिनिक बिनादर्ता र गैरकानुनीरुपमा सञ्चालन भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्री स्वीकार गरे।
 
स्वास्थ्य निर्देशिका, २०७० अनुसार सबै क्लिनिक तथा अस्पताल दर्ता गर्नुपर्ने प्रावधान छ। सो निर्देशिकाबमोजिम अस्पतालले अटेर गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
 
'कारबाही भने गर्न सकिन्छ तर त्यही अनुसारको प्रभावकारी कानुन बनाइनुपर्ने हुन्छ,' प्रशासकीय अधिकृत खत्रीले भने।
 
मोरङमा दुई सरकारी र ३६ वटा निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन्। ३६ मध्ये केही मात्र विराटनगरबाहिर भए पनि बहुसङ्ख्यक विराटनगरभित्रै छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell