
काठमाडौं : एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।
समूह एको विजेता बनेको नेपालले समूह बीको उपविजेता बनेको लाओससँग खेल्ने भएको हो। नेपाल र लाअोसबीचको खेल अागामी मंगलबार नेपाली समयअनुसार दिउँसो सवा २ बजे नेगेरी स्टेडियममा हुनेछ।
समूह बीको अन्तिम खेलमा बुधबार लाओसले मंगोलियालाई ३-० ले पराजित गरेपछि लाओस उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।
३ टोली सम्मिलित समूह एमा नेपाल एक खेलमा जित र एक बराबरी खेल्दै कुल ४ अंकका साथ समूह विजेता बनेको थियो। नेपालले पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा ब्रुनाईलाई ३-० ले हराएको थियो।
यता लाओसले पहिलो खेलमा श्रीलंकालाई २-१ ले पराजित गरेको थियो भने मकाउसँग ४-१ ले हारेको थियो।
अर्को सेमिफाइनलमा समूह बीको विजेता मकाउ र समूह एको उपविजेता ब्रुनाई भिड्नेछन्। समूह बी को विजेता बन्ने क्रममा मकाउले मंगोलिया र लाओसलाई हराएको थियो भने श्रीलंकासँग बराबरी खेलेको थियो।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल शनिबार हुनेछ भने फाइनल खेल आगामी मंगलबार हुनेछ।