PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

लोकमान मुद्दा 'फुल बेञ्च'मा, सरकारी निवासबाट बाहिर निकाल्देला सर्वोच्चले?



पहिलोपोस्ट

लोकमान मुद्दा 'फुल बेञ्च'मा, सरकारी निवासबाट बाहिर निकाल्देला सर्वोच्चले?

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सरकारी निवासबाट बाहिर निकाल्ने लगायतका सुविधा खोस्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
 
न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासमा कार्कीको मुद्दा सुनुवाइ सुरु भएको हो।

ओमप्रकाश अर्यालले गत कात्तिक ५ गते दायर गरेको रिटमा कार्कीले सरकारी निवासमा बसेर प्रमाण नष्ट गर्ने सम्भावना रहेको हुँदा तत्काल बाहिर निकाल्न र सबै सुविधा खोस्न माग गरेका छन्।

गत कात्तिक ३ गते नेकपा एकाले र माओवादी केन्द्रका १५७ सांसदले कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि कार्की निलम्बित अवस्थामा रहेका छन्।
 

के छ रिटमा?

कार्की विरुद्धको रिटमा अर्यालले म्याद तामेलीमा अवरोध गरेको, महाभियोग प्रक्रिया अगाडि बढेको तथा उनको नियुक्तिकै विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतबाटै सरकारी सुविधा खोस्ने आदेश माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell