PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​'जात्रा'को रेड कार्पेट प्रिमियर, विपीन कार्कीको स्कुटर भिक्टोरलाई



पहिलोपोस्ट

​'जात्रा'को रेड कार्पेट प्रिमियर, विपीन कार्कीको स्कुटर भिक्टोरलाई

काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म 'जात्रा'को रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ। बुधबार राजधानीको जयनेपाल हलमा जात्राको प्रिमियर गरिएको हो। 

नेपाली रजतपटका प्राय: कलाकार र सिने सञ्चारकर्मीहरु इनास अवार्डका लागि सिक्किम पुगेका बेला यता जात्राको प्रिमियरमा फिल्मकै कलाकार र सीमित सञ्चारकर्मीहरुको उपस्थिति रह्यो।

जात्रामा अभिनय गरेका नायिकाद्वय वर्षा राउत र पहिलो पटक नेपाली फिल्ममा देखिएकी प्रेक्षा बज्राचार्य रेड कार्पेट प्रिमियरको आकर्षण बनेका थिए।

जात्रामा वर्षा र प्रेक्षासँगै विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणि नेपाल, प्रियंका झा, भोलाराज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतको अभिनय रहेको छ।

रविन्द्रसिंह जात्राको कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्। 

षट्कोण आर्ट्सको प्रस्तुति रहेको फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने लेखन पनि उनकै रहेको छ।


यस्तै रेड कार्पेट प्रिमियरमा हजार समाऊ लाख कमाऊ योजना अन्तर्गत भागयशाली ५ विजेतालाई जात्रा टिमले पुरस्कार प्रदान गरेको थियो।

जात्रामा विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रिक स्कुटर भिक्टोर पौडेलले पाए। यस्तै एक जनालाई कलर्स स्मार्टफोन, एक जोडीलाई चितवन सौराहा टुर, एक जोडीलाई पोखरा टुर र एक जनालाई जात्रा टिमसँग डिनरको मौका मिलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell