PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुन्छ : अध्यक्ष राणा



पहिलोपोस्ट

राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुन्छ : अध्यक्ष राणा

पाँचथर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन्।
 
पाँचथरको फिदिममा आज पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने बताए।
 
अहिलेको संविधानलाई संशोधन गरेर यथाशक्य स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए। 'अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्दछ,' उनले भने।
 
मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दु राज्य बनाउन लाग्ने उनको भनाइ थियो। उनले अङ्गीकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको पनि प्रस्ट पारे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell