PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

छिमेकी युवाले गरे वृद्ध दम्पतीको हत्या



पहिलोपोस्ट

त्रिशूली (नुवाकोट) : नुवाकोटको लिखु गाविसमा वृद्ध दम्पतीको गएराति हत्या भएको छ।
 
जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
 
उनीहरुकै छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपी रविलाई गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ।
 
आपसी झैझगडामा मुक्का र ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।  बिहान जिल्लाबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पतालमा ल्याउन लागेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell