PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

​फ्रेण्ड्ली फुटबल म्याच : नेदरल्याण्ड्स र बेल्जियमले खेले बराबरी



पहिलोपोस्ट

इन्टरनेशनल फ्रेण्ड्ली म्याचमा नेदरल्याण्ड्स र बेल्जियमले बराबरी खेलेका छन्। 

डचको घरेलु मैदानमा आम्टरडममा भएको खेलमा नेदरल्याण्ड्स र बेल्जियमले १-१ गोलको बराबरी खेलेका हुन्।

डाभी कलासेनले पहिलो हाफमा गोल गर्दै घरेलु टोली डचलाई पहिले अग्रता दिलाए पनि दोस्रो हाफमा बेल्यिजमका यानिक कारास्कोले बराबरी गोल गरेका हुन्।

३८ औं मिनेटमा अजाक्सका मिडफिल्डर क्लासेनले पेनालटीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेल सकिन ८ मिनेट अगाडि एथ्लेटिको मड्रिडका मिडफिल्डर कारास्कोले गोल गर्दै खेल बराबरी गरे।

बेल्जियमका कप्तान भिनसेन्ट कम्पनी करिब एक वर्षपछि यसैखेल मार्फत बेल्जियमका लागि अन्तर्राष्ट्रिय खेलमा फर्कने तयारीमा थिए।
तर खेलअघिको वार्मअफमा फिट नदेखएपछि कोम्पनीले डचसँगको खेल खेलेनन्। 

अर्को फ्रेण्ड्ली म्याचमा ग्रीस बेलारुससँग १-० ले पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell