PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विपक्षीको मागपछि लोकमान मुद्दामाथिको सुनुवाइ स्थगित



पहिलोपोस्ट

विपक्षीको मागपछि लोकमान मुद्दामाथिको सुनुवाइ स्थगित

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सरकारी निवासबाट बाहिर निकाल्ने लगायतका सुविधा खोस्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
 
न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासमा कार्कीको मुद्दा सुनुवाइ गर्ने तय भएको थियो। लोकमान पक्षका वकिलहरुले आजको सुनुवाइ स्थगित गर्न माग गरेपछि मिति सरेको हो।
 
ओमप्रकाश अर्यालले गत कात्तिक ५ गते दायर गरेको रिटमा कार्कीले सरकारी निवासमा बसेर प्रमाण नष्ट गर्ने सम्भावना रहेको हुँदा तत्काल बाहिर निकाल्न र सबै सुविधा खोस्न माग गरेका छन्।
 
गत कात्तिक ३ गते नेकपा एकाले र माओवादी केन्द्रका १५७ सांसदले कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि कार्की निलम्बित अवस्थामा रहेका छन्।
 
कार्की विरुद्धको रिटमा अर्यालले म्याद तामेलीमा अवरोध गरेको, महाभियोग प्रक्रिया अगाडि बढेको तथा उनको नियुक्तिकै विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतबाटै सरकारी सुविधा खोस्ने आदेश माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell