PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

पोखराको हङकङ बजारमा आगलागी, ५ करोड बराबरको नोक्सानी



पहिलोपोस्ट

पोखराको हङकङ बजारमा आगलागी, ५ करोड बराबरको नोक्सानी

पोखरा : पोखराको पृथ्वीचोकमा रहेको हङकङ बजारमा लागलागी भएको छ। सो घटनामा २२ भन्दा बढी सटर जल्दा करिब ५ करोडको नोक्सान भएको छ।
 
राती करिब साढे १० बजेबाट सुरु भएको आगो साढे १२ बजेपछि नियन्त्रणमा लिइएको थियो। पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा ठूलो क्षति भएको हो।
 
बजारको सुरक्षार्थ खटिएका गार्डले खबर गरेपछि बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बजार सञ्चालक मिलनप्रसाद तिवारीले बताए।
 
आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना ,पोखरा उपमहानगरपालिकाको दमकल र स्थानियवासी जुटेका थिए। विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरी नाउब उपरिक्षक गजुसिद्धी बज्राचार्यले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell