PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

अमेरिका पठाइदिन्छु भन्दै मोटो रकम ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

काठमाडौं : विदेश पठाउने भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
इलामको चुलाचुली गाविस स्थायी घर भई झापको गोपगाछी बस्दै आएका ३७ वर्षीय निमनाथ गौतमलाई प्रहरीले पक्राउ गरेको हो। बाग्लुङको लेखापानी गाविस घर भएका शेरबहादुर विक सहित अन्यबाट उनले मोटो रकम ठगी गरेका थिए।
 
विकसहित अन्य चार जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीले गौतमको खोजी जारी राखेको थियो। विकसहित पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।
 
पक्राउ परेका गौतम झापाको तारबारीमा आफन्तको घरमा लुकिबसेको अवस्थामा पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell