PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

संविधान संशोधनमा बल्ल सुरु भयो माओवादीभित्र छलफल



पहिलोपोस्ट

संविधान संशोधनमा बल्ल सुरु भयो माओवादीभित्र छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रले संविधान संशोधनमाथि छलफल सुरु गरेको छ।

केन्द्रीय कार्यालयको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा छलफलका लागि पेश गरेका हुन्। प्रवक्ता पम्फा भुसालले बैठकमा संविधान संशोधन र पार्टीको राष्ट्रिय सम्‍मेलन आयोजना गर्ने विषयमा छलफल सुरु भएको बताइन्। तर उनले संविधान संशोधनका विषयमा के कुराकानी भयो भन्ने खुलाइनन्।

आगामी मङ्सिर दोस्रो साता आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन र तयारीका बारेमा पनि छलफल सुरु भएको हो।सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउने, जनताको पक्षमा हुन सक्ने र गर्न सकिने कामलाई तयारीका साथ अगाडि बढाउने, सबै वर्ग तथा क्षेत्रलाई समेट्ने गरी संविधानको संशोधन गरी सर्वस्वीकार्य बनाउने विषयमा नेताहरुले धारणा राखेका थिए।

प्रचण्डले सरकारले छिट्टै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने बताउँदै आएका छन्। उनले सत्तापक्ष र  प्रमुख प्रतिपक्षीसँग कुराकानी भइरहेको बताएका छन्। यसअघि सरकारले तयार गरिएको भनिएको संविधान संशोधन को ड्राफ्ट लिक भएको थियो। यद्पि सरकारले त्यसको स्वामित्व लिन अस्वीकार गरेको थियो।

ड्राफ्टको विषयमा सार्वजनिक भएपछि माओवादीकै वरिष्ट नेता नारायणकाजी श्रेष्ठले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री जस्तो पदमा राख्ने प्रस्तावको सार्वजनिक रुपमै आलोचना समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell