PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

आगलागीबाट तीन घर जलेर नष्ट



पहिलोपोस्ट

आगलागीबाट तीन घर जलेर नष्ट

कलैया : बारा जिल्ला पिप्राही गाविस–२ मा गएराति करिब २ बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।
 
आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल नष्ट भएको सशस्त्र प्रहरी बल बोर्डर आटुट पोस्टका प्रहरी निरीक्षक रामजन श्रेष्ठले जानकारी दिए।

गणेश साहको गोठमा पशुलाई लामखुट्टेबाट बचाउन बालेको आगो सल्केर गोठमा आगलागी भएको र सो आगो फैलिएर छिमेकी भगेन साह, सुरेन्द्र साहको घरमा समेत आगलागी भएको थियो।
 
आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनताको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell