PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

गैंडाको आक्रमणबाट ८४ वर्षीय वृद्ध गम्भीर घाइते



पहिलोपोस्ट

चितवन : भरतपुर उपमहानगरपालिका–६ नवदुर्गा चोकमा गैँडाको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय मध्यवर्ती सामुदायिक वनबाट मानव बस्ती छिरेको गैडाले आज बिहान स्थानीय ८४ वर्षीय गौरेश्वर सापकोटालाई आक्रमण गरेको हो।
 
घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। सदरमुकाम आसपासको क्षेत्रमा समेत दैनिकजसो गैंडा मानव बस्ती पसेर धान खाने, आक्रमण गर्नेजस्ता क्रियाकलाप बढेर गएपछि रातको समयमा हिँड्डुल गर्नसमेत जोखिम भएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell