PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

चक्काजाम गर्दै हिँड्ने विप्लव माओवादीका १५ कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

चितवन : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता आज पक्राउ परेका छन्।

चक्काजाम गर्दै हिँडेको अवस्थामा उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले समातेको हो। महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजामा गरिएको उनीहरुको दाबी छ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढको पुल्चोकबाट ६ जना र पूर्वी चितवनको खैरहनीबाट ९ जना पक्राउ परेका छन्।  जिल्ला सचिवालय सदस्यहरु लोकराज पाण्डे, पुरन राई, कृष्ण बराल, रघुवीर शेर्पा, रमेश लामिछाने लगायत पक्राउ परेको चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell