PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एटिएमको जोखिम बढ्दै, गैरकानुनी रुपमा कार्ड प्रयोग गरी ठगी गर्ने दुई विदेशी आज पक्राउ



सविन ढकाल

एटिएमको जोखिम बढ्दै, गैरकानुनी रुपमा कार्ड प्रयोग गरी ठगी गर्ने दुई विदेशी आज पक्राउ

काठमाडौं : गैरकानुनी रुपमा एटिएम कार्ड प्रयोग गरी अरुको कार्डबाट पैसा झिक्ने दुई जना पक्राउ परेका छन्।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंको कान्तिपथमा रहेको होटेल यल्लो प्यागोडाबाट आज बिहान उनीहरुलाई पक्राउ गरेको हो।
 
पक्राउ पर्नेमा ५२ वर्षीय टर्किस नागरिक मुहरम अजन र ३२ वर्षीय सल्लहटिन यवर रहेका छन्। उनीहरुको साथबाट प्रहरीले २६ लाख नेपाली रुपैयाँ, युरो १७ सय, अमेरिकी डलर १६६० र विभिन्न १ सय १३ थान एटिम कार्ड लगायत बरामद गरेको हो।
 
बिहीबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकालाई सार्वजनिक गरिएको हो। उनीहरु ४ दिनको लागि नेपाल आएर विदेशी र केही नेपालीको बैंक खाताबाट एटिएम प्रयोग गरी पैसा झिकेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए।
 
एटिएमबाट निकालेको नेपाली रुपैयाँ उनीहरुले १२४ रुपैयाँ तिरेर विभिन्न मनी एक्सेजबाट तथा ब्ल्याक मार्केटमा सटही गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ परेका दुई जनाले यसअघि पनि तीन पटक नेपाल आएर एटिएमबाट पैसा झिकेर लगेको बुझिएको छ।
 
नेपालमा अहिले अरु गिरोह पनि यस्तो ठगीमा सक्रिय लागेको सिलवालले बताए। सबै एटिएम प्रयोगकर्तालाई सजग रहन पनि उनले आग्रह गरेका छन्।

पढ्नुस्, सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell