PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

पुनर्संरचना विवाद नमिले पुरानै ढाँचामा भए पनि निर्वाचन हुन्छ : देउवा



पहिलोपोस्ट

पुनर्संरचना विवाद नमिले पुरानै ढाँचामा भए पनि निर्वाचन हुन्छ : देउवा

बनेपा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनर्संरचनाको विषय तत्काल नमिले वा विवाद कायमै रहिरहे पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन हुने बताएका छन्।
 
काभ्रेको बनेपामा कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तह पुनर्संरचनामा कुरा नमिले पुरानै संरचना वा इलाका आधारमा भए पनि निर्वाचन गर्ने दाबी गरे। ‘पुनर्संरचनामा कुरा नमिले पुरानै संरचना वा इलाका आधारमा भए पनि निर्वाचन गर्ने कांग्रेसको निर्णय छ,’ उनले भने, ‘चुनाव जसरी पनि हुन्छ।’ उनले स्थानीय तहको परिणामले प्रान्तीय र राष्ट्रियसभाको निर्वाचन तय गर्ने भएकाले आजैबाट तयारीमा लाग्न नगर सभापतिहरुलाई निर्देशन पनि दिए।
 
नेता कृष्णप्रसाद सिटौलाले भने संघीयताअनुसार चुनावमा जान नेतृत्वले खुट्टा कमाएको भान भएको भन्दै त्यो चिर्न आग्रह गरे।
 
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले २०७४ माघसम्म सबै तहको निर्वाचन नभए संसद दुर्घटनामा जाने तर्क गरे। केन्द्रीय सदस्य समेत रहेका सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मधेस र थरुहटको समस्या समाधानको लागि कांग्रेसले नै पहल लिनुपर्ने बताए।
 
केन्द्रीय सदस्यहरु महेन्द्र यादव, डिला संग्रौला, सुजाता परियार लगायतका वक्ताले सरकारले चैतसम्ममा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गरिछाड्ने दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell