PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​भवन संहिता लागू, अब नगरभित्र मापदण्ड विपरितका संरचना भत्कन्छन्



रमेश वाग्ले

​भवन संहिता लागू, अब नगरभित्र मापदण्ड विपरितका संरचना भत्कन्छन्

काठमाडौँ : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले २०४२ सालदेखि प्रयास भएर पनि आउन नसकेको भवन संहिता लागू भइसकेको बताएका छन्। 

संहिता मन्त्रिपरिषद्ले पारित गरी राजपत्रमा प्रकाशित गरिसकेको र केही दिन भित्रै कार्यान्वयनको घोषणा हुने भन्दै घोषणापछि मापदण्ड विपरितका संरचना भत्कने उनले बताए। 

'भवन संहिता कार्यान्वयनको घोषणासँगै नगरभित्रका मापदण्ड विपरितका संरचना भत्कन्छन्,' मन्त्री केसीले भने, 'त्यसका लागि सबैले तयार हुन आवश्यक छ।' 


उनले भवन मापदण्ड विपरित भए आफैलाई असुरक्षा हुने भन्दै त्यस्ता संरचना हटाउनुपर्ने बताए।

'घर भनेको आफ्ना लागि मात्र नभएर भावी पुस्ताका लागि हो त्यसैले संहिता अुरूप सुरक्षित घर बनाउनुपर्छ,' केसीले भने।

उनले नगर विकास समितिलाई चाँडै अधिकार सम्पन्न बनाउन गठनादेश ल्याउन लागेको भन्दै त्यसपछि नगर विकास समिति तीब्र क्रियाशिल हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell