PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

एसियाली युथ तथा जुनियर भारोत्तोलनको अर्को संस्करण नेपालमा



पहिलोपोस्ट

काठमाडौँ : एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको अर्को संस्करण नेपालमा आगामी वर्ष अायोजना हुने भएको छ। च्याम्पियनसिप २०७४ साउन ६ देखि १५ सम्म नेपालमा हुनेछ।
 
जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान भएको एसियाली भारोत्तोलन महासङ्घको कार्यकारी बैठकले उक्त प्रतियोगिता आयोजना गर्न नेपाललाई अवसर दिएको नेपाल भारोत्तोलन सङ्घले जनाएको छ।
 
बैठकमा नेपालले युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो। त्यसमा एसियाली सिनियर च्याम्पियनसिप आयोजनाको अवसर भने दक्षिण कोरियालाई प्रदान गरिएको बताइएको छ।
 
बैठकमा दक्षिण एसियाली भारोत्तोलन सङ्घका उपाध्यक्ष एवम् एसियाली भारोत्तोलन महासङ्घका अध्यक्ष मोहम्मद युसुफ र नेपाल भारोत्तोलनका अध्यक्ष रतनकुमार टण्डनले भाग लिएका थिए।
 
यसअघि नेपालले २०७२ भदौ १३ मा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएकोमा वैशाख १२ को भूकम्पका कारण प्रतियोगिता थाइल्यान्डमा सारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell