PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

लोकमानविरुद्ध महाभियोग प्रस्तावमाथि आज संसदमा छलफल हुने



पहिलोपोस्ट

लोकमानविरुद्ध महाभियोग प्रस्तावमाथि आज संसदमा छलफल हुने

काठमाडौं : व्यवस्थापिका संसदको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध परेको महाभियोग प्रस्तावमाथि छलफल हुँदैछ।
 
तिहार र छठको बिदापछि बस्न लागेको संसद बैठकले महाभियोग प्रस्तावमाथि छलफलको कार्यसूची तोकेको हो। बिहीबार बस्ने बैठकमै यसमाथि छलफल हुने भनिए पनि विशेष कारण जनाउँदै बैठक बस्न सकेन।
 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले कात्तिक ३ गते अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराइसकेका छन्। सचिवालयमा दर्ता भएको प्रस्तामाथि कात्तिक ९ गते केही सांसदहरुले धारणा राख्दै महाभियोग लगाउनुपर्ने बताएका थिए।

पदीय मर्यादा नाघेर संविधान र कानुन उल्लंघन गरेको, राज्य संयन्त्रविरुद्ध जासुसी गरेको, पदको दुरुपयोग गरी राज्य आतंक सिर्जना गरेको, 'समानान्तर सत्ता' चलाएको तथा अदालतको अवहेलना गरेको लगायतका आरोप उनीमाथि लगाइएको छ।

संसद बैठक बिहान ११ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell