PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

झुट्टा विवरण पेस गरी नागरिकता लिने एक जना पक्राउ



पहिलोपोस्ट

इनरुवा : जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दास रहेका छन्। उनले सुनसरीको पश्चिमकुशाहा–९ वस्ने ससुरा सहदेव दास र सासू अनारदेवी दासलाई बुबाआमा बनाई नागरिकता लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
 
जिल्ला प्रशासन कार्यालय सुनसरीबाट उनले २०६३ फागुन १० गते ०६३०४५/२३४५ नम्बरको नागरिकता लिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
 
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको कञ्चनपुर–५ मा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell