PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

मापसे गरेर उम्किन खोज्दै हुनुहुन्छ? अब ट्राफिक प्रहरी पनि पर्न सक्छन् कारबाहीमा



पहिलोपोस्ट

मापसे गरेर उम्किन खोज्दै हुनुहुन्छ? अब ट्राफिक प्रहरी पनि पर्न सक्छन् कारबाहीमा

काठमाडौं : यदि तपाईं मापसे कारबाहीमा पर्नुभयो भने उम्कनका लागि के उपाय लगाउनुहोला?
 
ट्राफिक प्रहरीलाई अनुचित रकम दिएर फुत्किन खोज्ने? या, मेरो चिनजानको प्रहरी छ, एकपटकलाई छाडिदिनुस् भनेर 'पावर' देखाउने?
यस्तो सोचमा हुनुहुन्छ भने अब तपाईं मात्र होइन तपाईंलाई उन्मुक्ति दिने ट्राफिक प्रहरी पनि फन्दामा पर्न सक्छन्।
 
मापसे चेकजाचको क्रममा कतिपय प्रहरीले नै मिलेमतो वा सम्बन्धका आधारमा छाडिदिने प्रवृत्ति बढेपछि ट्राफिक महाशाखाले प्रहरीले नयाँ प्रविधिलाई थप विस्तार गरेको छ।
 
मापसे चेकजाँच गर्ने प्रहरीको शरीरमा 'बडी वोर्न क्यामेरा' जडान गरी बिहीबारदेखि नै नयाँ प्रयोगको थालनी भएको छ। यस्तो क्यामेराले ट्राफिक प्रहरीले चेकजाँच गरेका सम्पूर्ण गतिविधि कैद भइराखेको हुन्छ। सवारी चालकको मात्र नभई प्रहरीकै आचरणलाई समेत निगरानीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्लको दाबी छ। 'यसले ट्राफिक कारबाही स्थलबारे सम्पूर्ण जानकारी लिन सजिलो गराउँछ,' उनी भन्छन्।
 
यसरी कैद गरिएका गतिविधिलाई महाशाखाले नै निगरानी गर्ने गरेको छ।
 
महाशाखाले बिहीबार नै ३५ पटा बडी वोर्न क्यामेरा वितरण गरेको छ। प्रहरीले यसअघि देखि नै ट्राफिक अवस्थाबारे जानकारी लिन २५ वटा गोप्रो क्यामेरा'र १० वटा बडी वोर्न क्यामेरा प्रयोग गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell