PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना



पहिलोपोस्ट

हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना

काठमाडौं : मकालु एयरको कार्गो जहाज आज बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको छ। सुर्खेतको नेपालगन्जबाट उडेको 9N AJG जहाज अवतरण गर्ने क्रममा बिहान साढे ७ बजे सो दुर्घटना भएको हो।
 
खाद्यान्न बोकेर उडेको सो जहाजमा चालक दलका दुई जना मात्र रहेका थिए। उनीहरु अहिले सकुशल रहेको प्रहरी निरीक्षक ओमप्रकाश यादवले पहिलोपोस्टलाई जानकारी दिए।

अहिले विमानस्थलको अवस्था सामान्य छ भने उडान र अवतरणमा कुनै समस्या नरहेको त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 'टायरमा सामान्य समस्या आएको रहेछ, मर्मतपछि नियमति उडानमा फर्किसकेको सूचना पाएका छौं,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell