PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

पूर्वी क्षेत्रका कार्यालय प्रमुखलाई प्रमको निर्देशन- 'देशको समृद्धिलाई ध्यान दिई काम गर्नूस्'



पहिलोपोस्ट

पूर्वी क्षेत्रका कार्यालय प्रमुखलाई प्रमको निर्देशन- 'देशको समृद्धिलाई ध्यान दिई काम गर्नूस्'

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामूहिक निर्देशन दिएका छन्।
 
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगर आएका प्रधानमन्त्रीले सामूहिक निर्देशन दिए। निर्देशनमा क्रममा प्रधानमन्त्रीले भने, ‘हामी विकासका दृष्टिले पछि परेका छौं। तर विकासका काममा खर्च गर्न सकिरहेका छैनौं। राष्ट्रिय गौरवका आयोजना समयभन्दा अगावै सम्पन्न गर्न म क्रियाशील छु। मैले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्न विशेष निर्देशित गर्दछु।’
 
नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गर्न पनि उनले आग्रह गरे। समयमै गुणस्तरीय काम गर्ने आयोजना र कर्मचारीलाई पुरस्कृत गरिने भन्दै उनले राम्रोका लागि प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताए।
 
संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानु सरकारको संकल्प रहेको भन्दै उनले संविधान कार्यान्वयन नभएर देश राजनीतिक र संवैधानिक संकट आउन नदिन सरकार संवेदनशील रहेको बताए।
 
कार्यक्रममा नेपाल सरकारका निमित्त मुख्य सचिव टंकमणि पौडेलले जनसेवालाई केन्द्रमा राखेर काम गर्न र विकास खर्चको सामर्थ्य बढाउने गरी काम गर्न निर्देशन दिए।
 
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell