
काठमाडौं : एमाले सासंद राजन भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिब्बती निर्वासित प्रधानमन्त्री भेटेको विषयमा सरकारको धारणा माग गरेका छन्।
आजको बैठकमा बोल्दै उनले सत्तारूढ पार्टीका प्रमुख नेता त्यहाँ जान मिल्थ्यो कि मिल्दैनथ्यो भनी प्रश्न गरे। 'छिमेकी मुलुकको संवेदनशील भूभाग जोडिएका विषय भएकोले सरकारको धारणा के हो?' उनले भने।
भारतको गोवामा भएको कार्यक्रसममा निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँग देउवाले भेट गरेको खबर सञ्चारमाध्यममा आएको थियो। भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेसनले गोवामा गरेको थर्ड इण्डिया आइडियाज कन्क्लेभ २०१६ मा सहभागी हुन देउवा त्यहाँ पुगेका थिए। तर नेपाल फर्किएपछि उनले भ्रमपूर्ण समाचार आएको भन्दै आपत्ति जनाएका थिए।