PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

ह्वाइट हाउसमा हात मिलाउँदा ओबामा-ट्रम्पबीच किन हेराहेर भएन?

ह्वाइट हाउसमा हात मिलाउँदा ओबामा-ट्रम्पबीच किन हेराहेर भएन?

पहिलोपोस्ट /पहिलोपोस्ट


अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित अमेरिकी राष्ट्रप्रति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउमा भेट गरेका छन्। अमेरिकाको ४५ औं राष्ट्रपति चुनिएपछि ओबामाले टम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कारका लागि बोलाएका हुन्।

ह्वाइट हाउसको ओभल अफिसमा ओबामा र ट्रम्पबीच भेट भएको हो। दुवै जना नजिकै कुर्सीमा बसेका थिए। तर हात मिलाउने क्रममा एकले अर्कालाई हेरेनन्। 

अहिले त्यस भेट र नवनिर्वाचित राष्ट्रपति ट्रम्पको बसाइबारे बाहिर आएको फोटोमाथि इन्टरनेटमा बहस सुरु भएको छ। 

ओबामा र ट्रम्पबीच भेट भएको यो पहिलो पटक हो। यसअघि ट्रम्पले ओबामा अमेरिकामा नजन्मिकन राष्ट्रपति बनेको आरोप लगाएका थिए भने ओबामाले ट्रम्पलाई अमेरिकाको नेतृत्व गर्न नसक्ने लिडरको रुपमा टिप्पणी गरेका थिए।

ट्रम्प राष्ट्रपति बनेसँगै शान्त र सहज तरिकाबाट सत्ता हस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न ओबामाले ट्रम्पलाई ह्वाइट हाउस डाकेको बताइएको थियो।

भेटपछि भने दुवै जनाले एकअर्कालाई सम्मानको भाव देखाए पनि फोटोमा भने पुरानै व्यवहार कायम रहेको देखियो।


ट्रेन्डिङ पोस्ट

Ncell